Menu Close

यु.एम. वाईकको धमाका अफर


प्रेस विज्ञप्ती

यु.एम. वाईकको धमाका अफर

नेपालका लागी यु.एम बाईकको अधिकारिक विक्रेता आई. एम. ई अटोमोटिभस प्रा.ली ले “यु.एम. बाईकको धमाका अफर” नामक योजना नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि नेपाली बजारमा ल्याएको छ ।
यु.एम. बाईकको कुनै पनि मोडेलको बाईकको खरिदमा ग्राहक माहानुभावहरुलाइ रु.८००० सम्मको पक्का छुट र हरेक ३०० सि. सि. को खरिदमा गा्रहकलाई थाईल्यान्ड टुर बम्पर प्राइजमा दिइनेछ् । यो योजनाको अवधि २६ भाद्र देखि ३० कार्तिक सम्म रहेको छ ।
नाडा अटो शो २०१७ भाद्र २६ देखि भाद्र ३१ सम्म भइरहेको छ जहाँ यु. एम बाइक पनि सहभागी भएको छ । ग्राहकहरुले यु.एम. बाईक र आई. एम. ई अटोमोटिभस प्रा.ली को बारेमा सम्पुर्ण जानकारी लिनको लागी नडा शो को स्टल नं. ःद्द मा स्वागत गर्दछौं ।
आई. एम. ई अटोमोटिभस प्रा.ली ले नाचघर, जमल, काठ्माण्डौ मा रहेको शोरुमबाट आफ्नो सम्पुर्ण कार्य संञ्चालन गर्दै आएको छ साथै यसको डिलरसिप नेटवर्क देशको विभिन्न ठुला सहरहरुमा रहेको छ जसमा समर्पित सेल्स एक्जिक्ुयटिभहरु ग्राहक माहानुभावहरुलाइ स्वागत गर्नका साथै ग्राहकका इच्छा अनुसारका बाईकहरु देखाउन, उतम फाइनेन्सीङ्ग र इन्स्युरेन्सका प्रस्ताव प्रदान गर्न र टेस्ट ड्राईभ र सर्भिस अप्वइन्टमेन्ट तलिका मिलाउन तत्पर तयार छन् ।

थप जानकारीका लागि सम्पर्कः
आई. एम. ई अटोमोटिभस प्रा.ली
नाचघर, जमल, काठ्माण्डौं
फोन नं. ०१–४१६६००१, ४२३०३२६

युएमको नयाँ शोरुम उद्घाटन समारोह

प्रेस विज्ञप्ती
१२ अक्टुबर २०१८ (२६ असोज २०७५)

युएमको नयाँ शोरुम उद्घाटन समारोह ।

यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि. ले नेपाली बजारमा ल्याएको यूएम मोटरसाइकलको ‘ए.पी. अटो ईन्टरप्राईजेज’ लाई आधिकारिक मान्यता प्रदान गरेको छ ।

यूएम मोटरसाइकलले काठमाडौंको सामाखुशीमा आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम ए.पी. अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो । उक्त शोरुम पद्य्मज्ञान, सामाखुशीमा रहेको छ ।

उक्त कार्यक्रममा यस आइएमई अटोमोटिभ्स् प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत श्री दामोदर खनालले नयाँ शोरुम को उद्घाटन गर्नुभयो । यसै बिच यूएम बाइकका डिभिजन हेड श्री उज्जवल जोशीले विभिन्न मोटरसाइकहरुका प्राविधिक विवरण प्रस्तुत गर्दै नयाँ शोरुम सञ्चालन सँगै ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताउनु भयो । ‘ए.पी. अटो ईन्टरप्राईजेज’ का अध्यक्ष श्री चन्द्रप्रकाश राजभण्डारीले दसैं र तिहारको अवसर पारेर यूएम बाइक खरिदमा थाइल्यान्ड टुर प्याकेजको पनि अफर ल्याएको अभिव्यक्ति दिुनुभयो ।
शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजन मान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो ।
यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध छन् । यूएम बाइक विशेष गरी युवाहरुका बिच लोकप्रिय मानिन्छ र आगामी दिनहरुमा अरु मोडलहरुमा पनि विशेष योजना बनाउने कुरामा कम्पनीको भनाई छ ।

अधिक जानकारीका लागिः
आईएमई अटोमोटिभ्स् प्रा.लि.
पानीपोखरी, काठमाडौँ नेपाल ।
फोन ः ४००२५७२÷४००२५७३

shares